तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारद्वारा कोरोना परिक्षणका लागी आरडिटि किट सहयोग

स्याङ्जा । स्याङ्जाका एक पत्रकारले कोरोना परिक्षणका लागी आरडिटि किट सहयोग गर्नुभएको छ । नेपालमा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको र कोरोना परिक्षण किट अभाव भईरहेका अवस्थामा नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफल्लेले बुधबार जिल्ला प्रशासन कार्यालयमा २० थान आरडिटि किट सहयोग गर्नुभएको हो ।

स्याङ्जामा आरडिटि किट अभाव हुँदा क्वारेन्टाईनमा रहेकाहरुलाई समेत कोरोना परिक्षण नगरिकन घर पठाईरहेको अवस्थामा पत्रकार काफ्लेले जिल्ला विपत व्यवस्थापन कोषलाई आरडिटि किट सहयोग गर्नुभएको हो । गोरखा पत्र दैनिकका जिल्ला संवादाता समेत रहनुभएको पत्रकार काफ्लेले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङलाई उक्त किट हस्तान्तरण गर्नुभयो ।

पत्रकारहरु कोरोना रिपोटिङका क्रममा प्रत्येक दिन अग्रपंक्तिमा रहेर काम गरिरहेको भन्दै पत्रकारलाई नै राहतको व्यवस्था गरिनुपर्ने माग आईरहेका बेला पत्रकार काफ्लेले आँफै किट सहयोग गर्नुभएको छ । यसअघि पत्रकार काफ्लेले अर्जुनचौपारीको विपत व्यवस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

जिल्लामा किट अभाव हुँदा यहाँका पालिकाहरुले आफ्नै खर्चमा किट खरिद गरिरहेका बेला जिल्ला विपत कोषमा काफ्लेले गर्नुभएको किट सहयोग निकै महत्वपुर्ण रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button