तपाईँ सुन्दै हुनुहुन्छः

विस्थापितलाई एकीकृत बस्ती

मेलम्ची । भूकम्पले घर भत्काइदियो, जग्गाजमिन नै पहिरोको उच्च जोखिममा परेपछि भोटेकोसी गाउँपालिका–५ लाम्पातेका स्थानीय थातथलोबाटै बिस्थापित बने । बिस्थापित उनीहरुका लागी राज्यले जग्गा उपलब्ध गरायो, तर दुई बर्षसम्म घर बनाउन भनसकेनन बिस्थापितहरुले । भूकम्पपछि बिस्थापित बनेर अस्थायी संरचनामा बसोबास गर्दै आएका उनीहरुका मुहारमा भूकम्पको पाँच बर्षपछि खुसी फर्कीएको छ ।

औपचारिक रुपमा बस्ती हस्तान्तरण नभए पनि बिस्थापितहरु एकीकृत बस्तीका घरमा बस्न थालिसकेका छन् । लकडाउनका कारण हस्तान्तरण गर्न सकिएन, बिस्थापितहरु घरमा बसिसकेका छन्, एकीकृत बस्ती निर्माणमा सहजीकरण गरिरहेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भन्नुभयो ।

दाताले एकीकृत बस्ती बनाइदिएपछि भोटेकोसी गाउँपालिका–५ को त्याङथलीमा लाम्पातेका विस्थापित स्थानीय खुसी भएका हुन् ।

खानेपानी र शौचालयसहित लाम्पातेका २२ बिस्थापित परिवारका लागि चिटिक्क परेका घर ठड्याइएको छ । भोटेकोसी गाउँपालिकाले त्याङथलीको एकीकृत बस्तीसम्म नै सडक लगिदिएपछि बिस्थापितहरुले सुविधा सम्पन्न बस्ती पाएका छन् ।

लाम्पातेका बिस्थापितका लागि राज्यले घर बनाउनका लागि त्याथलीमा जग्गा खरीद गरिदियो । तर बिस्थापितहरुले दुई बर्षसम्म घर बनाउन भने सकेका थिएनन् । त्यसपछि भोटेकोसी गाउँपालिका र पुननिर्माण प्राधिकरणसँग समन्वय गर्दै दाताले एकीकृत बस्ती निर्माणको योजना अघि सारेका थिए । जग्गा त राज्यले किनिदियो, दुई बर्षसम्म घर ठडिएन, त्याङथली एकीकृत बस्ती निर्माण तथा संरक्षण समितका अध्यक्ष पदम बहादुर तामाङले भन्नुभयो, एककिृत बस्तीको योजना आएपछि दुई महिनामै सिंगो बस्ती उठेको उहाँले बताउँनुभयो ।

विस्थापितका लागि एकीकृत बस्तीको योजना आएपछि गाउँपालिकाले त्याङथलीसम्म मोटरबाटो लगेर सहजीकरण गरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

अक्सफामको सहयोगमा जनहित ग्रामीण सेवा समितिमार्फत निर्माण सम्पन्न भएको एकीकृत बस्ती निर्माणमा एक करोड ५९ लाख रकम खर्च भएको छ ।

स्थानीय स्वयम श्रममा जुटेका कारण कम लागतमै खानेपानी र शौचालयसहित २२ घर निर्माण गर्न सकिएको दाताले जानकारी दियो । दाताका अनुसार प्रतिघर सात लाख २५ हजार लागत लागेको छ ।

त्यस्तै बाटो तथा पहिरो रोकथामको लागि बजेट बिनियोजन भाईसकेको अन्य पूर्वधारको काम हुने पुनर निर्माण प्राधिकरण सिन्धुपाल्चोक प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा परिक्षण कीटको अभाव
कोरोना भाइरस (कोभिट – १९) सङ्क्रमण परिक्षण कीटको अभाव भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै जाँदा जिल्लामा परिक्षण कीटको अभाव भएको हो ।

पछिल्लो समय विदेशबाट फर्किएका र संक्रमणको शङ्का लागेका ब्यक्तिहरुमा परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘शंकास्पद ब्यक्ति र क्वारेन्टाइृनमा बसेका हरुको परिक्षण गरिएको हो,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले भन्नुभयोे, ‘ सात सय वढीको परिक्षण गरि सकेका छौ ।’ उहाँले परिक्षण गरिएका सबै नतिजा नेगेटिभ आएको र परिक्षण कीट सकिएको जानकारी दिनुभयो ।

थोरै संख्यामा स्थानीय सरकारसँग मौजाद रहेकोले एक दुई दिन मात्र पुग्ने उहाँले जानकारी दिनुभयो । तत्काल आरडीटी परिक्षण कीट आवश्यक रहेकोले माग गरिएको समेत उहाँले वताउनुभयो ।

ईन्द्रावती गाउँपालिकाको सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुग्यो
ईन्द्रावती गाउँपालिकाको सबै विद्यालयहरुमा पाठ्य पुस्तक पुगेको छ । ईन्द्रावती गाउँपालिकाले बैशाख ३० गते भित्र सबै सामुदायिक बिद्यालयमा पाठ्य पुस्तक पूर्याउने गाउँपालिकाको योजना अनुरूप मंगलबार सबै बिद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराएको हो ।

लकडाउनका कारण देशका सबै शैक्षिक संस्था बन्द रहेको अवस्थामा गाउँपालिकाले आफ्नो विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्य पुस्तकको व्यवस्था आफ्नो पूर्व योजना अनुसार नै गरिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताउनुभयो ।

अब केही दिन भित्र सबै बिद्यार्थीको हातमा पुगिसक्ने पनि गाउँपालिका अध्यक्ष जानकारी दिनुभयो । उहाँले विद्यालयले निःशुल्क घरघरमा पुर्याइदिने जानकारी दिनुभयो ।

यस अघि त्रिपुरासुन्दरी गाउँपालिका–३ ले पनि आफ्नो वडाभित्रका विद्यार्थीलाई गाउँ गाउँ पुगेर किताब वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button