तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको सीमा सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भारतले नेपालको भूमी अतिक्रमण गर्ने समस्या लामो समयदेखि रहदै आएको भन्दै यसको दिर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले नेपालको तर्फबाट पनि सिमा क्षेत्रमा भौतिक संरचना निर्माण गरेर सुरक्षा व्यवस्था गुर्न पर्नेमा जोड दिनुभयो ।

उहाँहरुले नेपालको भुमि मिचेर भारत र चीन जोड्न सडक निर्माण भएर सञ्चालनमा आएको विषयमा दुईपक्षीय र त्रिपक्षीय छलफल गरेर छिटोभन्दा छिटो समस्या हल गर्न माग गर्नुभयो ।

सांसदहरुले भारतले नेपालको भुमी आफ्नो नक्सामा प्रकाशित गर्दा समेत नेपालले आफ्नै भू–भाग समेटेर नक्सा सार्वजनिक गर्न नसकेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

देशको सिमा रक्षाका लागि आवाज उठाइरहेका नागरिकलाई सरकारले नियन्त्रणमा लिने र दमन गर्ने तर्फ लाग्न नहुनेमा पनि सांसदहरुले बताउनुभयो ।

यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले कोरोना संक्रमणको नियन्त्रणका लागि सरकारले परीक्षणको दायरा बढाएर अझै प्रभावकारी योजनाका साथ अगाडी बढ्नु पर्नेमा बताउनु भएको छ ।

सांसदहरुले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले चालेका कदम अहिलेसम्म प्रभावकारी देखिए पनि नेपालमा गुणात्मक रुपमा रोग फैलन थालेको भन्दै अझै सार्थक पहल गर्नु पर्ने बताउनुभयो ।

उहाँहरुले सिमा क्षेत्रमा रहेका र विभिन्न देशमा अलपत्र परिरहेका नेपालीहरुलाई सुरक्षीत रुपमा नेपाल ल्याउने र सुरक्षीत भएर बस्ने प्रवन्ध गर्न सरकारले अबिलम्ब गर्न नहुने बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि विशेष कानुन ल्याएर कोरोना नियन्त्रणका लागि अझै प्रभावकारी पहल गर्नसांसदहरुले माग समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button