तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा ‘हेल्प डेस्क’ स्थापना

फाइल तस्बिर

काठमाडौँ – धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

धितोपत्र बोर्डमा यही वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो ।

कारोवारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा उक्त हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिनुभयो । नेप्सेले कुनै समस्या भएमा टोल प्र्रmी नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आउँदै छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो ।

बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५०औँ दिनमा खुल्न लागेको हो । दोस्रो बजार कारोवार तत्कालका लागि दैनिक दुई घण्टा ९बिहान ११ः०० देखि १ः०० बजेसम्म० सञ्चालन हुनेछ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button