तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा नौ सय ९८ जनाको आरडिटी, ४६ जनाको पीसीआर परीक्षण

सल्यान । सल्यानमा हालसम्म नौ सय ९८ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका सर्वसाधारणहरुको आरडिटी परीक्षण गरिएको हो ।

परीक्षण गरिएका सबकोै रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

स्थानीय तहहरुले निमार्ण गरेका क्वारेनटाइनमा बसिरहेका सर्वसाधारणलाई क्वारेनटाइनमा नै पुगेर आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अजुर्न खड्काले बताउनुभयो ।

यस्तै ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । ४६ जनाको रिर्पोट नेगेटिभ आएको उहाँको भनाई छ ।

सल्यानमा अहिले झन्डै नौ सय शैयाको क्वारेनटाइन निमार्ण गरिएको छ । लकडाउनको अवधिमा १६ हजार बढी सर्वसाधारण जिल्ला भित्र प्रवेश गरे पनि हालसम्म झन्डै एक हजारको मात्र आरडीटि परीक्षण भएको छ ।

किटको अभाव
सल्यानमा कोरोना परीक्षण गर्ने किटको अभाव भएको छ । कोभिड–१९ को संक्रमण भए नभएको पत्ता लगाउन पीसिआर परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र आरडीटिको अभावको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आरडिटी परीक्षणका लागि आवश्यक किटको अभाव हुँदा स्वास्थ्य परीक्षणमा समस्या भएको प्रमुख डा. बुढाको भनाई छ ।

आरडिटी किट दुई हजार र भिटिएम किट दुई सयको माग गरिएको उहाँको भनाई छ । किटको माग गरिएको भएपनि हालसम्म उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button