२०७८ साल साउन १० गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण, सङ्क्रमित ११० पुग्यो

रेडियो नेपाल २०७७ वैशाख २८ गते १०:४२

काठमाडौँ – आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।रासस

सम्बन्धित