ड्रोनबाट लकडाउन निगरानी
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती शुरु गरिएको छ ।
भीमदत्त नगरपालिका सबै १९ ओटै वडामा ड्रोन गस्ती गरी लकडाउन निगरानी गरि कार्यान्वयनको अवस्था जानकारी लिन थालिएको हो ।
रोबोटिक एसोसियन अफ नेपाल इन्जिनिरिङ्ग र भीमदत्त नगरापालिका बीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता अनुसार ड्रोन गस्ती शुरु गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
नगर क्षेत्रमा लकडाउन पालनाको अवस्थाबारे जानकारी लिन ड्रोन गस्ती शुरु गरिएको र लकडाउन उल्लङ्घन गरिएको पाइएमा तत्कालै निर्देशन समेत दिइने नगर प्रमुख विष्टले जानकारी दिनुभयो ।
ड्रोन गस्तीका आधारमा लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसंग सहकार्य र समन्वय गरिने समेत नगर प्रमुख विष्टले बताउनु भएको छ । कुनै स्थानमा भीडभाड देखिएमा ड्रोनबाटै हट्न निर्देशन दिइने र सूचना प्रवाह समेत गरिने भएको छ । भीमदत्त नगरपालिकामा पाँच दिनसम्म ड्रोन गस्ती गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्