२०७८ साल साउन १० गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप दुई संक्रमित फेला : मुलुकभर १०१ पुगे कोरोना संक्रमित

रेडियो नेपाल २०७७ वैशाख २६ गते ८:०७

काठमाडौँ ।  कोभिड–१९ को सङ्क्रमण विहिवार थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

सम्बन्धित