तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम तीव्र रुपमा

वीरगञ्ज । वीरगञ्जमा एउटै परिवारमा २ महिने शिशु सहित १७ जनामा एक साथ कोरोना संक्रमण देखिएपछि संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका र भेटघाट भएकाहरुको स्वाब संकलन कार्य तीव्र रुपमा भइरहेको छ ।

अहिले नेपाल प्रहरीले वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा संक्रमित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम तीव्र रुपमा अगाडी बढाई रहेको छ ।

टोलीले संक्रमित व्यक्तिको सम्पर्क र भेटघाट भएका १ सय ३० व्यक्तिहरुको पहिचान गरि स्वाब संकलनका लागि नारायणी अस्पताललाई जानकारी गराएको छ ।

संक्रमितको सम्पर्कमा आएका १ सय ३० जना मध्ये एउटै टोलमा बस्ने ८१ जनाको थ्रोट स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले वीरगञ्जमा चार वटा टोली परिचालन गरी स्वाब संकलन गरिएको बताउदै वीरगञ्जको शिल गरिएको वडा नम्बर १, २, ३ र १६ को इनर्वा क्षेत्रमा क्लोज कन्टयाक्टमा आएकाहरुको दोश्रो चरणमा परिक्षण गरिने जानकारी दिनुभयो ।

वीरगञ्जको नारायणी अस्पतालले करिब ८ सय जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरेकोमा २८ जना संक्रमित भेटिएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।

यसैविच वीरगञ्जमा संक्रमित बढेसँगै अहिले संघिय तथा प्रदेश सरकारबाट पिसिआर परिक्षणका लागि आवश्यक पर्ने ९ सय थान भिटिएम किट आज प्राप्त भएको र वीरगञ्जमा अझै ३ हजार भन्दा बढी पिसिआर परिक्षणका लागि भिटिएम किटको आवश्यकता रहेको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताउनु भयो ।

उहाँले अब नारायणी अस्पतालले मात्रै कोरोना संक्रमितको चाप धान्न नकसक्ने हुँदा तत्काल प्राईभेट अस्पताल अधिग्रहण गरेर भए पनि व्यवस्थम मिलाउन संघिय तथा प्रदेश सरकारसँग माग गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button