तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारद्वारा दोश्रो चरणको राहत वितरण शुरु

जनकपुरधाम । प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ ।

लकडाउनको बेला दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारलाई समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण सुरु गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलको तर्फबाट शुरु भएको दोस्रो चरणको राहत अन्तर्गत १ सय ५ घर परिवारलाई वितरण गरिएको छ ।

प्रदेश सरकारले मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस राहत सामग्री वितरण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले जानकारी दिनु भयो ।

यसै बीच राहत रामाग्रीको अनुगमन उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले गरेर जानकारी लिएका छन् ।

यस पटक वडा मार्फत राहत सामाग्रीहरु गरिव तथा विपन्न वर्गलाई प्रदान गर्ने प्रदेश सरकारको मन्त्री परिषदले निर्णय गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button