तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीया नगरपालिकामा आगलागी, १० लाख भन्दा बढीको क्षति

फाइल तस्बिर

बीरगंज । पर्साको पोखरीया नगरपालिका कार्यालयमा विद्युत सर्ट भई आगलागी भएको छ । आज मध्यान्न १२ बजे कार्यालयको सभाहलमा आगलागी भएको हो ।

आलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । सभाहलमा राखिएको ब्याट्री सर्ट भएर आगलागी भएको नगरप्रमुख दिपनारायण रौनियारले जानकारी दिनुभयो ।

नगरपालिकाकै दमकलको सहायताले स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएको नगरप्रमुख रौनियारले बताउनुभयो ।

समयमै आगलागी नियन्त्रणमा आएकोले थप क्षति हुन नपाएको नगरप्रमुख रौनियारले जानकारी दिनुभयोे ।

आगलागीबाट आठ वटा ब्याट्री, इन्भर्टर र एसीमा क्षति पुगेको छ । झ्यालका सिसाहरु समेत फुटेका छन् ।

क्षतिको यकिन विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button