तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० बेडको क्वारेन्टाइन बन्द

मेलम्ची । मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० बेडको क्वारेन्टाइन बन्द गरिएको छ ।

आज अनुगमनको क्रममा १८ बेडमध्ये ८ बेड मात्र मापदण्ड पुरा भएको पाईएकाले बाँकी १० ओटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाँई लगायतले आज बाह्रबिसे क्षेत्रीय क्वारेन्टाईन लामोसाँघु लगायत आसपासका क्वारेन्टाईनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । उहाँले अन्य स्थानको पनि क्वारेन्टाईनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताउनु भयो ।

यसैगरी, आज बाह्रबिसे आसपासका ८ जना एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई सेट) वितरण गरिएको छ । चालकहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुन प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चस्मा समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button