तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक भए किम जोङ उन

काठमाडौं । मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक हुनुभएको छ ।

नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा प्रस्तुत हुनुभएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

नेता किमले उत्तरी प्योङयाङमा रासायनिक मल उत्पादन गर्ने उद्योग उद्घाटन गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले खबर शुक्रबार प्रकाशन गरेको छ।

यसबीच किमको मुटुको अप्रेसन गरेको र स्वास्थ्य गम्भीर अवस्थामा रहेको चर्चा चलिरहेको थियो भने कतिपयले उनको मृत्यु नै भएको अड्कलबाजी पनि गरिरहेका थिए।

ती सबै अड्कलबाजीहरूलाई चिर्दै केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएको समाचार दिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button