पास दुरुपयोग गरेको भेटेपछि पिकप भेन प्रहरीको नियन्त्रणमा
सुनसरी । सुनसरीको दुहवीमा राहत ओसार पोसार गन लिएको पास दुरुपयोग गरेको भेटेपछि पिकप भेन प्रहरीले नियन्त्रणमा लिएको छ ।
को १ च.७७६४ नम्बर प्लेट भएको पिकप भेन आज फुल लोड चप्पल बोकी विराटनगर तर्फ जाँदै गर्दा दुहवी ट्राफिक कार्यलयलले नियन्त्रणमा लिएको हो ।
पास दुहवी नगरपालिका वडा नम्बर ६ को कार्यलय बाट लिएको थियो । दुहवी ट्राफिक कार्यलय लाई शंका भएपछि उक्त्त गाडीलाई चेक जाँच गर्दा पासको दुरुपयोग गरेकोले गाडीलाई ट्राफिक प्रहरी दुहवीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीका इन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्