२०७८ साल साउन १० गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुग्यो

रेडियो नेपाल २०७७ वैशाख १९ गते १६:०२

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जानकारी दिनुभयो ।

उहाँले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताउनुभयो ।

नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।  रासस

सम्बन्धित