तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाउँदा एक वृद्ध वेपत्ता

कञ्चनपुर । दोदा नदीमा आएको बाढीले बगाउँदा कञ्चनपुरको लालझाडीका एक जना वृद्ध बेपत्ता भएका छन् ।

लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने अन्दाजी ६० वर्षीय साधु रानालाई नदीमा अचानक आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार सोमबार अपराह्न खोला तर्ने क्रममा वेपत्ता भएका रानाको खाजिकार्य जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button