तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण क्षेत्रमा दीर्घ रोगको औषधिको अभाव

जनकपुरधाम । एक महिना भन्दा लामो लक डाउनका कारणले दीर्घ रोगको विरामीलाई चाहिने कुनै पनि औषधिको आपूर्तिमा कमी आउन नदिने धनुषाका विभिन्न पालिकाहरुले प्रतिबद्धता सहित आफ्नो प्रयास अगाडी बढाएको छ ।

कोरोना महामारी फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लक डाउनका कारणले कतिपय अत्यावश्यक औषधिको अभाव ग्रामीण क्षेत्रका औषधि पसलहरुमा हुन थालेको र रकमको अभाव भएपछि दीर्घ रोगीहरु अप्ठ्यारोमा परेपछि कतिपय पालिकाहरुले निःशुल्क आपूर्ति गर्ने तर्फ अग्रसर भएका छन् ।

खास गरेर सुगर, ब्लडप्रेसर, हर्ट तथा स्वास प्रस्वासको औषधिको अभाव ग्रामीण क्षेत्रमा भएपछि पालिकाहरुले अभाव हुन नदिन सोको आपूर्तिका लागि विभिन्न प्रयासहरु अगाडी बढाएको छ ।

धनुषा जिल्लाको शहिद नगरनगरपालिकाले त्यस्ता औषधिहरुको आपूर्ति गर्नका लागि गृहकार्य अगाडी बढाएको नगरप्रमुख उदय बरवरीया यादवले जानकारी दिनु भएको छ । उहाँले रकमको अभाव भएका विरामीलाई औषधिको अभाववाट हुन सक्ने दुर्घटना हुन नदिने अगाडी बढेको बताउनु भयो ।

अहिले लामो लक डाउनका कारणले गाउँका कतिपय गरिव तथा विपन्न वर्गका व्यक्तिलाई औषधि खरिद गर्नका लागि रकम नभएपछि समस्यामा परेपछि पालिकाहरुले निःशुल्क रुपमा औषधिको आपूर्तिका लागि गृहकार्य अगाडी बढाएको छ ।

खास गरेर सुगर तथा ब्लड प्रेसर तथा हृदय रोगका विरामीलाई नियमित रुपमा नै औषधि सेवन गर्नु पर्ने हुनाले यसको आपूर्ति सरकारी स्तरवाट नै हुनु पर्ने आवाज विगत देखि नै उठ्दै आएको छ ।

जिल्लाहरुको सदरमुकामहरुमा ती रोगका औषधिहरु पर्याप्त रहेको र अभाव पनि नभएको दावी जनकपुर अञ्चल औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष गणेश साहले गर्नु भएको छ ।

केही दिन पूर्व गृहमन्त्रालयले औषधि व्यवसायी तथा औषधि ढुवानी गर्ने साधनलाई कतैपनि नरोक्ने परिपत्र जारी गरेपछि आफूहरुले धनुषाका अतिरिक्त सर्लाही, सिन्धुली, सिरहा, महोत्तरी सहितको जिल्लामा रहेको खुद्रा व्यवसायीहरुलाई नियमित रुपमा आपूर्ति गर्दै आएको बताउनु भयो ।

खास गरेर विगतमा भारतको विभिन्न चिकित्सालयमा उपचार गराएका बिरामीहरु सीमा बन्द रहेका कारणले केही औषधि पाउनवाट समस्यामा परेको उहाले बताउनु भयो । त्याहा चिकित्सकले भारतमा नै उत्पादित औषधिहरु बढी मात्रामा खानका लागि लेख्ने गरेका कारणले त्यसको अभाव भएको बताउनु भयो ।

यसैगरी, फलेक्सन सिरप तथा टेवलेटको अभाव भएको होल सेलका औषधि व्यवसायी समेत रहनु भएका औषधि व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको औषधि व्यवसायी संघका निवर्तमान अञ्चल अध्यक्ष साहले बताउनु भयो ।

यसैगरी कम्पनीहरुले नगदमा नै औषधि आपूर्ति गर्ने गरेका कारणले साना पसलहरुमा अभाव भएको हुन सक्ने उहाँले स्वीकार गर्नु भयो ।

उता धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले औषधि अभाव हुन नदिनका लागि स्थानीय प्रशासनले सवै प्रकारको सहयोग तथा सहकार्य गर्नका लागि तत्पर रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button