तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जनसुरक्षा कोषमा २८ करोडभन्दा बढी    

प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

कोषमा प्रदेश सरकारले पहिलो चरणमा रु १० करोड र दोस्रो चरणमा रु १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि रु १२ करोड छ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button