तपाईँ सुन्दै हुनुहुन्छः

अछाम जेसीजद्वारा सेना र प्रहरीलाई ४० हजारका सामग्री हस्तान्तरण

अछाम । नेपाल लगायत बिश्वमा नै महामारी कोरुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अछाम जेसीजले जिल्ला प्रहरी कार्यालय अछाम र नेपाली सेनाको भवानी बक्स गणलाई सामाग्री हस्तान्तरण गरेको छ ।

अछाम जेसीज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसीको नेतृत्वमा गएको टोलीले जनताको दैनिक सुरक्षामा दिनरात खटिइरहने सुरक्षाकर्मीहरुलाई सुरक्षित राख्ने उदेश्यले १२ सय पिस सर्जिकल माक्स, एक सय पिस पञ्जा र सेनीटाइजर लगायतका ४० हजार रूपैयाँ बढीका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

सामाजिक दूरी कायम राख्दै अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको रोहबरमा प्रहरी प्रमुख दिपक भारतीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।

बिशेष गरेर १८ देखि ४० बर्षका युवाहरुको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्थाको रुपमा पहिचान कायम गरेको जेसीजले बिगत बर्षदेखि आफ्ना बिभिन्न गतिबिधिहरु जिल्लामा गर्दै आएको अछाम जेसीज बर्ष २०२० का अध्यक्ष विसीले बताउनुभयो ।

यो बर्ष कोभिड–१९ महामारी विश्वभर फैलिएकाले जेसीजका प्रायः कार्यक्रम कोरोना रोकथाममा नै केन्द्रित हुने अध्यक्ष बिसीको भनाई छ ।

जिल्लाका अन्य स्थानीय तहका नागरिकहरुलाई स्थानीय सरकाले सहयोग गर्दै आइरहेकाले नागरिकहरुको कोरोना बिरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गर्दै आइरका सुरक्षार्मीहरुलाई सुरक्षित रहन सहयोग पुर्याउने उद्देश्यले जिल्ला नेपाल प्रहरी र नेपाली सेनालाई मास्क लगायतका सामाग्री हस्तान्तरण गरिएको अछाम जेसीजले जनाएको छ ।

समाग्री बुझ्दै प्रहरी प्रमुख दीपक भारतीले जेसीज अछामले आफु र आफ्ना प्रहरी कर्मचारीहरुको जिउ ज्यानको सुरक्षाको चिन्ता गर्दै सामग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थ्य सामग्री सदरमुकाममा कार्यरत र आवश्यक्ता अनुसार बाहिरका प्रहरी चौकीमा पनि पठाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button