तपाईँ सुन्दै हुनुहुन्छः

मध्यरातमा समाजवादी र राजपाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ।

त्यस्तै एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ। त्यसैगरि चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गर्नुभएको छ ।

सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button