तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा न्यायिक उजूरी अनलाइनबाटै

पोखरा । पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

पोमपा, न्यायिक समिति संयोजक गुरुङका अनुसार अनलाइनमा लक।उयपजबचबmगल२नmबष्।िअयm मार्फत उजूरी दर्ता गर्न सकिन्छ । कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले अनलाइनमार्फत उजुरी लिने निर्णय गरेको थियो । महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समितिसमक्ष अनलाइनमार्फत दर्ता उजूरीको सम्बोधन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइनमार्फत उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको हो । स्थानीय तहका विवाद तलै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै समितिको व्यवस्था गरिएको छ ।

संविधानमा समितिमा महानगरका उपप्रमुख संयोजक र दुई सदस्य रहने व्यवस्था छ । समितिलाई १३ विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने अधिकार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button