तपाईँ सुन्दै हुनुहुन्छः

उर्जा मन्त्री पुनको अगुवाइमा सडकमा अलपत्र परेका मजदुरलाई गन्तव्यतर्फ पठाइयो

भक्तपुर । सडकमा अलपत्र परेका मजदुरहरुलाई उर्जा मन्त्री वर्षमान पुनको अगुवाईमा गन्तव्यतर्फ पठाइएको छ ।

मन्त्री पुनले भक्तपुरको जगाती पुगेर यहाँ अलपत्र परेका उनीहरुलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराइसहितको समन्वयमा गन्तव्यतर्फ पठाईएको हो ।

आठ वटा बसको व्यवस्थापन गरी गन्तव्यतर्फ पठाइएको एसपी सबिन प्रधानले जानकारी दिनुभयो ।

उनीहरु सडकमै अलपत्र परेको खबर सुनेपछि आइतबार साँझ उर्जा मन्त्री पुन भक्तपुरको जगाती पुगेर उद्दारको अगुवाई गर्नुभएको हो ।

यसअघि हिँडेरै घर जान लागेका मजदुरहरुलाई भक्तपुरको जगातीमा प्रहरीको समन्वयमा स्थानीयहरुले खानाको ब्यवस्था गरेका थिए ।

उपत्यका तथा विभिन्न जिल्लाहरुवाट पैदल हिडेरै भक्तपुरको जगाती नाका पुगेका उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा स्थानीय युवाहरु सहितले खाद्यान्न तथा तरकारी बोक्ने गाडी तथा ट्रकमा राखेर घर पठाउने ब्यवस्था गरिएको हो ।

हिडेरै आफनो गन्तव्य पुग्न लागेका र अलपत्र परेका मजदुरहरुको उद्धार गरी सयौं मजदुरहरुलाई घर पठाएकोछ ।

उनीहरु लकडाउनको समयावधि बढेसँगै पैसाको अभावले खाने समस्या भएपछि हिडेरै आफनो गाँउघर फर्किन लागेका थिए ।

शुक्रबार रातिदेखि अहिलेसम्म करिव एक हजारभन्दा बढीलाई अफ्नो गन्तव्यतर्फ पठाइसकेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हुम्ला, जुम्ला, रोल्पा, दाङ, ओखलढुंगा, सर्लाही, महोत्तरी,बारा पार्सा लगायतका जिल्लामा पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button