तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जाल र मिडियामा आएका विषयमा डा पुनको ध्यानाकर्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित/प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

डा पुनले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड–१९ को मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउनका लागि मन्त्रालयमा उपस्थित हुन पत्र प्राप्त भएको जानकारी दिनुभएको छ ।

सो विषयमा आज नै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको विज्ञप्तिमा उल्लेख छ । “यसलाई मैले वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएर आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु”, विज्ञप्तिमा भनिएको छ ।

उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध हुन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button