तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क सेवा लिँदै दीर्घरोगी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन् । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपालसँगको गहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गरेको थियो ।

उक्त सेवाबाट दुई दिनमा ५० जनाले सेवा प्रदान गरेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इायलासिस सेन्टरलगायतमा लैजाने गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

कामपा संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल (काठमाडौँ जिल्ला कार्यसमिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको थियो । सोही सम्झौताअनुसार पाँच वटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गाैला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ । आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डङ्गोलको भनाइ छ ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान ल्याउन समस्या भए महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्र्पक गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

महानगरपालिकाले कोरोना सङ्क्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिन महानगरले एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं मा सम्पर्क गर्न सकिनेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button