तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा लकडाउन उल्लंघन गर्नेलाई सडकमा नै कारवाही शुरु

भोजपुर । बिश्वव्यापी रुपमा महामारीका ेरुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमण रोक्न शुरु गरेको लकडाउन अवज्ञा गर्दै सडकमा हिड्नेलाई भोजपुरमा प्रहरीले नियन्त्रणमा लिएर सडकमा नै कारवाही गर्न शुरु गरेको छ ।

लकडाउनको उल्लंघन गर्दै हिडेका ३० जनालाई आज सदरमुकाम र आसपासका बिभिन्न चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डब राजवंशीले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणका लिएकाहरुलाई सडकमा नै राखेर कोरोना संक्रमण र सामाजिक दुरी कायमका बिषयमा दुई घण्टा प्रशिक्षण समेत दिएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।

सदरमुकामको चारभञ्ज्याङ चोकमा १६ जना, डाँडागाउँबाट नौ जना र सरकारी कार्यालयबाट पाँच जना गरी ३० जना प्रहरी नियन्त्रणमा परेका हुन् ।

प्रहरी निरीक्षक राजवंशी भन्नुभयो, “लकडाउनको पालना आफ्नो स्वास्थ्य जोगाउने अभियान हो, तर स्थानीयको बुझाई प्रहरीका लागि भन्ने छ, जसले गर्दा समस्या भइरहको छ ।” यो प्रहरीले कडाई गर्दा मान्ने अरु बेला अनावश्यक हिड्ने जस्तो भएको छ ।

संक्रमण नियन्त्रणका लागि शुरु गरिएको लकडाउनको अवज्ञा गर्दै हिड्डुल गर्नेको संख्या बढन थालेपछि भोजपुरमा प्रहरीले कडाई गर्न शुरु गरेको हो । यसअघि लकडाउनको अवज्ञा गर्ने ७५ जनालाई नियन्त्रण लिएको थियो ।

लकडाउनको पालना नगर्ने र घर बाहिर आएर अनावश्यक हिड्ने माथि अब संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button