तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ

आतरिया कैलाली । कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका १ मा १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आज प्रहरीले २० बर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरेको हो ।

आफन्तलाई भेटेर गएराति घर फर्किदै गरेकी युवतीलाई खुरखुरिया नजिकैबाट नियन्त्रणमा लिएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुबाट धारिलो हतियार र मोटरसाइकल समेत बरामद गरिएको बस्नेतले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button