तपाईँ सुन्दै हुनुहुन्छः

बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुरु

भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

नगरपालिकाले बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको हो । नगरपालिकाको १४ वडा मध्ये पहिलो चरणमा ५ वटा वडाहरुको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिन शुरु गरिएको छ ।

नगरपालिकाले पहिलो चरणमा वडा नम्वर ४, ५, ६, ७, र ८ का नं जेष्ठ नागरिक, दलित, फरक क्षमता भएका, एकल महिला लगायतको भत्ता बैंक मार्फत दिन थालेको नगरपालिका पञ्जिकरण शाखा प्रमुख उपेन्द्र भट्टले जानकारी दिनुभयो ।

बाँकी रहेका अन्य ९ वटा वडामा पनि चाडै बैंकं मार्फत भत्ता वितरणको ब्यवस्था मिलाउने शाखा प्रमुख भट्टले बताउनुभयो ।

रकम लिएर गएर घरघरमा भत्ता वितरण गर्न समस्या भएकाले बैंक मार्फत भत्ता भुक्तानी गर्न सहज भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button