तपाईँ सुन्दै हुनुहुन्छः

तीन स्थानीय तहमा बिसुपर्व मनाउन रोक

रासस । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दैैं यस वर्ष सुदूरपश्चिमको मौलिक संस्कृतिको रूपमा मनाइने बिसुपर्व मनाउन रोक लगाइएको छ ।

भिडभाडका कारण सङ्क्रमण फैलिन सक्ने भन्दै दार्चुलाको नौगाड, मार्मा र अपि हिमाल गाउँपालिकामा सांस्कृतिक रूपमा मनाइँदै आएको बिसुपर्व मनाउन यस वर्ष रोक लगाइएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

सुदरपश्चिमका विभिन्न जिल्लामा नयाँ वर्ष आउनुभन्दा पहिला नै घर छिमेकमा वर्षभरि नै सुख, शान्ति र समृद्धिको कामना गर्दै धुमधामका साथ बिसुपर्व मनाइने गरिन्थ्यो ।

यसैगरी, पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्ष आयोजना नहुने भएको छ ।

कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना नहुने इच्छाकामना गाउँपालिका वडा नं १ का अध्यक्ष नन्दलाल गिरीले जानकारी दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button