तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ जनामा कोरोना संक्रमणः स्वास्थ्य मन्त्रालय

नेपालमा आज थप ३ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएराती नमुना परीक्षण गरीएका मध्ये ३ जनामा कोरोना भाइरस संक्रमण पुुिष्ट भएसँगै नेपालमा आजसम्म संक्रमितको संख्या १२ पुुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जानकारी दिनुुभयो ।

पछिल्लो पटक ३ जना संक्रमित पुष्टि भएसँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम शूरु भइसकेको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुुभयो ।

देशका ७७ वटै जिल्लामा शीघ्र गतिको किट पुुगेपछी अधिकांश जिल्लामा कोरोना परीक्षण भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ९५ वटा नयाँ स्वाब परीक्षण भएको स्वास्थ्य डा. देवकोटाले बताउनुुभयो ।

प्रवक्ता डा. देवकोटाले परीक्षणको दायरा बृद्धिसँगै हालसम्म ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण भएको जानकारी दिनुुभयो ।

अहिले देशका विभिन्न स्थानमा ७ हजार ९ सय ७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका र ८५ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले लकडाउनको पूर्ण पालना गर्न र क्वारेन्टाइनमा बसेका व्यक्तिले विश्वस्वास्थ्य संगठनले जारी गरेका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button