एनआरएनएद्वारा संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकमलाई व्यवस्थित गर्न राहत कोष सम्वन्धी कार्यविधि पारित गर्दै गैर आवासीय नेपाली संघले त्यस्तो व्यवस्था गरेको जनाएको छ ।
नयाँ कार्यविधि अनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाइन प्रणालीमार्फत् वा संघको राष्ट्रिय समितिको खातामा मात्र आर्थिक सहयोग गर्नुपर्ने प्रावधान सहित १७ बुँदे कार्यविधि पारित गरेको महासंघका कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताउनुभयो ।
संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मताहातमा रहने व्यवस्था कार्यविधिमा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्