तपाईँ सुन्दै हुनुहुन्छः

जथाभावि राहत सङ्कलन र वितरणमा रोक

दोलखा । दोलखा जिल्लामा कोरोना भाईरस (कोभिड १९) को नाममा जथाभावि राहत सङ्कलन तथा वितरण हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले त्यस्तो कार्यमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले बुधवार सूचना जारी गर्दै व्यक्ति, संघ संस्था, फर्म, कम्पनि लगायतलाई कोरोना भाईरस कोभिड १९ को नाममा जथाभावि राहत सङ्कलन र वितरणमा रोक लगाएको जनाएको छ ।

जिल्लामा केहि व्यक्ति, संघ संस्था, फर्म लगायतले कोरोना भाईरसको नाममा जथाभावि राहत सङ्कलन तथा वितरण गरेको जानकारीको प्राप्त भएपछि बुधवार देखि त्यस्तो कार्यमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताउनु भयो ।

बुधवारनै जिल्लाको तामाकोसी गाँउपालिकाले पनि स्वीकृत विना राहत सङ्कलन र वितरणमा रोक लगाएको गाँउपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताउनु भयो । बुधवार नै जिल्लामा कृयाशील पत्रकार, अधिकारकर्मी, कानुन व्यवसायी, उद्योगी, व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेललाई भेटेर कोरोना भाईरसको नाममा जथाभावि राहत सङ्कलन र वितरण गर्न दिन नहुने भन्दै त्यस्तो कार्यमा रोक लगाउन आग्रह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै कसैले आफ्नो तर्फबाट राहत वितरण गर्न चाहे स्थानिय आवश्यकताका आधारमा स्थानिय तहको सिफारीस तथा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा एक द्वार प्रणालीको आधारमामात्र वितरण गर्न सकिने जनाएको छ । यदि कसैले कारोना भाईरसको नाममा मनलागि राहत सङ्कलन तथा वितरण गरेको पाईए संक्रमण रोग ऐन २०२० बमोजिम कार्वाहि गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button