तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको फलेवासका नौ जनाको कोरोना परिक्षण रिपोट नेगेटिभ

पर्वत । पर्वतको फलेवास नगरपालिकाका नौ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । उनीहरु सबै बिदेशबाट फर्किएर क्वारेण्टाइनमा बसिरहेका व्यक्ति हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाव परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिनुभयो ।

मंगलबार संकलन गरी पठाइएको स्वावको रिपोर्ट बुधबार आएको देवकोटाले बताउनुभयो । यो संगै पर्वतमा संक्रमण पुष्टि नहुनेको संख्या ३२ पुगेको छ । बाँकी चार जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

त्यसैगरी कुश्मा नगरपालिकका १४ जनाको पनि स्वाब संकलन गरिएको छ । उनीहरुको पनि रिर्पोट आउन बाँकी रहेको छ ।

आज जिल्लाको बिहादी, महाशिला र पैयुँ गाउँपालिकामा स्वाव संकलन शिविर आयोजना गरिँदै छ । जिल्लामा बिदेशबाट फर्किएका सबै तीन १६ जनाको स्वाव परिक्षण गर्न लागिएको डा. देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button