तपाईँ सुन्दै हुनुहुन्छः

भारतले रानीगञ्ज भएर कुनै पनि मालवाहक सवारी साधन नेपाल नपठाउने

भद्रपुर, झापा । भारतमा नोवल कोरोना भाइरस(कोभि–१९)को संक्रमण र मृत्युको संख्या बढ्न थालेपछि पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवाहक सवारी नेपाल नपठाउने भएको छ ।

नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र लकडाउनको कारण देखाउँदै पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी नपठाउने जानकारी मौखिक रुपमा दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।

यस विषयमा आफुले अर्थमन्त्रालय भन्सार विभागमा जानकारी गराइ सकिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार यस विषयमा भारतस्थित नेपाली दुतावास तथा नेपालस्थित भारतीय दुतावासमा समेत जानकारी भइसकेको छ ।

यसअघि कोराना जोखिम बढेसँगै भारतले रानीगञ्जसहित नेपालसँग सीमा जोडिएका चारवटा मात्र नाका खोलेको थियो तर जोखिम अझै बढेपछि त्यो नाका पनि बन्द गरेको बताइन्छ ।

भारतको रानीगञ्ज नाका नेपालको पूर्वी काँकरभिट्टा नाकासँग सीमा जोडिएको छ । यसअघि नै नै त्यहाँ आइपुगेका मालवाहक सवारी नेपाल भित्रिसकेका छन् ।

पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका लक गर्ने निर्णय गरेको समाचार स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button