कुश्माको विपद कोषमा कर्मचारीको १० लाख सहयोग
पर्वत । पर्वतको कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् ।
विपद व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत विभिन्न तहका कर्मचारीहरुले तलव काटेर सहयोग गरेका हुन् ।
कुश्मा नगरपालिकामा रहेका एक सय ९५ जना कर्मचारीहरुको तलव काटेर १० लाख रुपैयाँको चेक नगरप्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरिएको छ ।
नगरपालिकाका कर्मचारी मध्ये प्रशासकिय अधिकृत हरी पंगेनीले १५ हजार अधिकृतस्तरका कर्मचारीले आठ दिन र सहायकस्तर र श्रेणी विहीन कर्मचारीले पाँच दिन बराबरको तलव कोषका लागि प्रदान गरेको पंगेनीले जानकारी दिनुभयो ।
नगरपालिका भित्र कार्यरत शिक्षकहरुले छुट्टै रकम कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
हालसम्म विपद कोषमा ६५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्