तपाईँ सुन्दै हुनुहुन्छः

त्रिपुरासुन्दरी गाउँपालिकामा ६० लाख रुपैयाँको कोरोना रोकथाम कोष

मेलम्ची । कोरोना भाइरस (कोभिड–१९)लाई फैलन नदिन पूर्व तयारीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले ६० लाख रुपैयाँको कोरोना रोकथाम कोष बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको पालिकाको विपत ब्यवस्थापन समिति बैठकले विभिन्न संघसंस्था तथा व्यक्तिले थप्न सक्ने गरी गाउँपालिकाले सो कोष सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले अहिले तत्कालको लागि ३० हजार, उपाध्यक्ष दुर्गा देवि नेपालले १५ हजार र ६ वटै वडाका अध्यक्षले १० हजारका दरले कोषमा रकम जम्मा गरेका छन् ।

कोरोना सक्रमण नियन्त्रण तथा रोकथाम कोष नामाकरण गरि गाउँपालिकाले संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।

सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकम कोरोना रोकथामकै लागि खर्च गरिनेछ ।

विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच भारतबाट आएका धुस्कुन क्युरेनीका एक स्थानिलाई क्वारेनटाइनमा राखिएको छ । भारतबाट आउँदा आउदै छिमेकीहरुले क्वारेन्टाइन राख्न अनुरोध गरेपछि ति युवालार्ई क्वारेन्टाइनमा सुरक्षाको लागि पठाइएको छ ।

गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले चड्ने गरेको गाडीमा राखेर पांग्रेटारस्थित गा्रमिण महिला शृजनसिल परिवारको भवनमा निमार्ण गरिएको क्वारेनटाइनमा राखिएको छ ।

रोजगारीको लागि भारत गएका ति युवक हिड्दै हिड्दै गाउँमा आइपुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button