तपाईँ सुन्दै हुनुहुन्छः

आइतबारदेखि भरी सिलिण्डर ग्याँस बिक्रि गर्ने निगमको निर्णय

काठमाडौं  । नेपाल आयल निगमले आगामी आइतबारदेखि भरी ग्याँस सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्याँस बिक्री वितरण खुला गर्ने निर्णय गरेको हो ।

बैठकले बिहिवारबाट ग्याँस उद्योगहरुलाई सिलिण्डरमा पुरै ग्याँस भर्न अनुमती दिने तर त्यस भन्दा पहिले चैत्र ३० गते सम्ममा हाल प्रचलनमा रहेका आधा भरी सिलिण्डर सबै बिक्रि गरिसक्नु पर्नेछ ।

हाल बजारमा भारतबाट ग्याँस प्रयाप्त आएको र ग्याँस बोकेर आएका बुलेटहरु उद्योगका बुलेटहरुमा ग्याँस खन्याउन नपाएका कारण रोकिनुपर्ने अवस्था आएकोले सिलिण्डरमा पुरै ग्याँस भर्न अनुमती दिने निर्णय भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनु भयो ।

ग्याँस वितरणको एक घर एक सिलिण्डर नीति यथावत रहेको र जिल्लाहरुमा स्थानीय निकायहरुसंग समन्वय गरी बिक्रि वितरण गर्ने व्यवस्थालाई यथावत राखिएको पनि उपाध्यायले बताउनु भयो । यो निणर्यले उपभोक्ताहरुले सहज रुपमा ग्याँस पाउन सक्ने अपेक्ष आयल निगमले गरेको छ ।

निगमले सबै ग्याँस उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्याँस भर्न निर्देशन दिएको उनले बताए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्याँस बिक्री हुने घिमिरेले बताए ।

बजारमा खाना पकाउने ग्याँसको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्याँस बिक्री वितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्याँस बिक्री भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button