तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का सरकारलाई एक सय थान पीपीई सहयोग

जनकपुरधाम । प्रदेश नंं २ सरकारले पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पीपीई)को अभावको महशुुस गरिहेको बेलामा एनएमवी बंैैकले आज एक सय थान पीपीई सहयोग गरेको छ ।

चिकित्सकले कोरोना भाइरस (कोभिड–१९)का संकास्पद बिरामीको उपचार तथा प्रयोगशालामा स्वाव परीक्षण गर्दा प्रयोग गर्ने पीपीईको अभाव भएको प्रादेशिक अस्पताल जनकपुरसहित अन्य अस्पतालका चिकित्सकहरुले पटक पटक गुनासो गरिरहेको बेलामा एनएमवी बंैैकले उक्त सहयोग गरेको हो ।

कोरोना भाइरसको महामारी विरुद्धको लडाइमा सहयोग पर्ुयाउने उद्देश्यले पिपिई प्रदान गरेको एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले बताउनुभयो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा पुगेर पिपिई हस्तान्तरण गरिएको छ ।

पिपिई हस्तान्तरण कार्यक्रममा प्रदेश नंं २ का समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितका व्यक्तिहरु उपस्थिति रहनुभएको थियो ।

एनएमबी बैंकले एक सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजरसहितको समाग्री प्रदेश सकारलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button