तपाईँ सुन्दै हुनुहुन्छः

विश्वव्यापी रोजगारी र कार्य समयमा व्यापपक कटौती

काठमाडौँ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वव्यापीरुपमा श्रमिकहरुको रोजगारी र कार्यसमयमा ६.७ प्रतिशतले कटौती भएको जनाएको छ ।

आईएलओले जारी गरेको वल्ड अफ वर्क नामक दोस्रो अध्ययन प्रतिवेदनले विगत दई महिनामा विश्वका १९ करोड ५० लाख पूर्णकालिन श्रमिकहरुको कार्यसमयमा कटौती भएको जनाएको हो ।

अध्ययन प्रतिवेदनले अरब मुलुकका ५० लाख श्रमिकहरुको कार्यसमयमा ८.१ प्र्रतिशतले कटौती हुने प्रक्षेपण गरेको छ ।

त्यसैगरी प्रतिवेदनले युरोपका एक करोड २० लाख कामदारहरुको कार्य समय ७.८ प्रतिशतले , एशिया तथा प्रशान्त क्षेत्रका १२ करोड ५० लाख पूर्णकालीन कामदारहरुको कार्यसमय ७.२ प्रतिशतले घटेको जनाएको छ ।

अध्ययन प्रतिवेदनले कोरोना भाइरसको प्रभावको कारण होटेल, लज, खाना सेवा, उत्पादन, खुद्राव्यापार र प्रशासन जस्ता क्षेत्र बढी जोखिममा परेको उल्लेख गरेको छ ।

प्रतिवेदनले विश्वका तीन अर्ब ३० करोड श्रमिकहरु मध्ये पाँच जनामा चार जना श्रमिक आंशिक र पूर्णकालीन काम बन्द हँुदा समस्यामा परेको जनाएको छ ।

अध्ययनले हाल एक अर्ब २५ करोड कामदारहरु उच्च जोखिम क्षेत्रमा रोजगार रहेको र उनीहरुको पारिश्रमिक र कार्यसमयमा कटौती भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button