तपाईँ सुन्दै हुनुहुन्छः

कचनकवलको विपद कोषमा एकै दिन एक लाख ५५ हजार जम्मा

भद्रपुर, झापा । सुदूर दक्षिणी झापाको कचनकवलगाउँपालिकाको विपद् व्यवस्थापन कोषम ाआर्थिक सहयोग जुट्न थालेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनमा गाउँपालिकाका असहाय तथा विपन्न समुदायलाई राहत उपलब्ध गराउन स्थानीय संघ संस्थाले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन् । मंगलबार एकै दिन डेढ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ ।

गाउँपालिकामा रहेका दिपज्योति, पाथीभरा, दुर्गा्भिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी, पूर्व देउराली र पश्चिम देउराली सामुदायिकवनले १५ हजारको दरले एक लाख पाँच हजार रुपैया विपद् कोषमा सहयोग गरेका छन् ।

सामुदायिक वनका अध्यक्षहरूले गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै कचनकवलमा सेवा केन्द्र रहेको विर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
गाउँपालिकाले एकद्धार प्रणालीबाट तीनहजार असहाय तथा विपन्न, मजदुर परिवारलाई खाद्यान्न सामग्रीवितरण गर्ने जनाएपछि विपद कोषमा नगद तथा जिन्सी संकलन हुन थालेको अध्यक्ष आलमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button