तपाईँ सुन्दै हुनुहुन्छः

मिलको पट्टामा बेरिएर कैलालीमा एक जनाको मृत्यु

फाइल तस्बिर

अत्तरिया कैलाली । कैलालीको जानकी गाउँपालिकामा मिलको पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–८ मा धान कुटाउन गएकी १५ बर्षीया निराशा चौधरीको पट्टामा बेरिएर मृत्यु भएको हो ।

मंगलबार बिहान पट्टामा बेरिएर गम्भिर घाइते भएकी चौधरीलाई उपचारको लागि टिकापुर अस्पतालमा लगिएको थियो ।

अस्पतालले नेपालगञ्ज लैजान सुझाव दिएको र नेपालगञ्जबाट काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button