सर्लाहीमा १५ शैयाको आइसोलसन बेड तयार
सर्लाही । नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सर्लाहीमा १५ शैयाको आईसुलेशन वार्ड निर्माण गरिएको छ ।
भारतमा संक्रमण तिव्ररुपमा फैलिरहेको र सर्लाही जिल्ला बिभिन्न भारतीय सीमा नाकाहरुसँग जोडिएकोले पनि सर्लाही पनि कोरोना सक्रमणको उच्च जोखिमा रहेको हुदाँ सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा १५ शैयाको आईसुलेसन वार्ड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले बताउनुभयो ।
आईसुलेसन निर्माण भइसकेकोले अब कोरोना संक्रमित बिरामीको जिल्लामा नै उपचार गरिने प्र.जि.अ. जिसिले बताउनुभयो ।
जिल्ला अस्पतालको लगानीमा तयार गरिएको आइसुलेसमा कोरोना संक्रमित बिरामीलाई तत्काल उपचारको लागि आइसुलेशन तयार गरिएको जिल्ला अस्पतालको मेडिकल अधिकृत डा. अभिनाश कुमार सिंहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्