तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न लगाउने जनाएको छ ।

आज मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस परिक्षणको दायरा बढाउन भारत लगायतका देशबाट आएकालाई क्वारेन्टाईनमा बस्नैपर्ने नीति अवलम्बन गरिएको बताउनुु भयो ।

प्रवक्ता डा. देवकोटाले काठमाडौंबाट उपकरण सहित खटिएको टोलीले जोेखिम बढी भएका कैलाली र कञ्चनपुरमा स्वाबको नमुना संकलन थालेको जानकारी दिनुुभयो ।

उहाँले देवकोटाले आजैदेखि जुम्ला र अछाममा पनि नमुना संकलन थालिएको बताउनुुभयो ।

हरेक जिल्लाका चारचार ठाउँबाट क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको नमुना संकलन भइरहेको र अहिले ४ सय ५० बढी नमुना संकलनको लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार करिब ९० प्रतिशत कन्ट्रयाक्ट ट्रेसिङ सम्पन्न भएको, नेपालभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा रहेको, काठमाडौं उपत्यकाभित्र १६ जना र उपत्यका बाहिर ८४ जना गरी १ सय जनालाई आइसोलेसनमा राखेर उपचार भइरको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button