तपाईँ सुन्दै हुनुहुन्छः

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण

काठमाडौँ । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डाक्टर अनिल श्रेष्ठले आज ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री ढकालले भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले ती पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, बुटवल र बागलुङमा दुईदुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने जानकारी दिनुभयो ।

इन्स्टिच्युटका तर्फबाट डाक्टरश्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिस भईरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

ती सामग्री हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिनुभयो । पिपिइ यसअघि पनि जिल्ला जिल्लामा पठाई सकिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button