सेनामा कार्यरत अछामका युवाकाे मृत्यु
अछाम | नेपाली सेनामा कार्यरत अछामका एक युवाकाे उपचारका क्रमममा काठमाडौंमा ज्यान गएकाे छ ।
साेमबार दिउसाे हेलिकप्टर मार्फत उपचारका लागि काठमाण्डौँ लगिएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटका भरत बहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाली सेनाको नायक पदमा कार्यरत रहेका ३६ बर्षिय साउँदलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । आईतवार सामान्य टाउको दुखेकाे बताएका साउँद आज साेमबार बिहान ओछ्यानमा अचेत अवस्थामा देखिएपछि उनलाई उपचारका लागि अछामकै बयालपाटा अस्पताल लगिएको थियो ।
बयालपाटा अस्पतालमा उनको उपचार हुन सम्भव नभएको चिकित्सककाे भनाइ पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर अछाम आएको थियो ।
हेलिकप्टर मार्फत सेनाको वीरेन्द्र शैनिक अस्पताल छाउनी लगिएको थियो । सोहि अस्पतालमा उपचारका क्रममा सोमवार साँझ उनको निधन भएको उनका आफन्त रमेश साउँदले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्