तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्धारा स्थाापित कोषमा १ अर्ब ८३ करोड संकलन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि सरकारद्धारा स्थाापित कोषमा करिव २ अर्ब रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चैत्र २४ गते सोमवार अपरान्ह ५ बजे सम्म कोषमा विभिन्न ६४ संस्था तथा व्यक्तिहरुबाट १ अर्ब ८३ करोड ७७ लाख ८० हजार रुपैयाँ जम्मा भएको जनाएको छ ।

कोषमा सबैभन्दा धेरै नेपाल सरकारले ५० करोड र नेपाल आयल निगमले ५० करोड रकम जम्मा गरेका छन् । त्यसै गरी कोषमा नेपाल दुरसंचार प्राधिकरणले १५ करोड र नेपाल दुरसंचार कम्पनी लिमिटेडले १२ करोड रुपैयाँ जम्मा गरेको छन् ।

त्यसै गरी कोषमा एन सी एल प्रालि काठमाडौंले १० करोड, राष्ट्रिय विमा समितिले ५ करोड, कर्मचारी संचय कोषले ५ करोड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ३ करोड ५१ लाख रुपैंया जम्मा गरेका छन् ।

कोषमा निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल धितोपत्र बोर्डले तीन र तीन करोड रुपैयाँ जम्मा गरेका छन् । नागरिक लगानी कोषले २ करोड, राष्टिय बिमा कम्पनी लिमिटेडले १ करोड ६५ लाख, एनएमबी बैकले १ करोड ५१ लाख, राष्टिय बाणिज्य बैकले १ करोड ५० लाख, कृषि विकास बैकले १ करोड २५ लाख तथा हिमालयन बैकले १ करोड २५ रुपैयाँ सहयोग बापत उपलब्ध गराएका छन् ।

त्यस्तै १ करोड भन्दा माथिको रकम जम्मा गर्नेमा ग्लोबल आइएमी बैंक र नेपाल राष्ट्र बैंकका कर्मचारी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु बैंक रहेका छन ।

कार्यलयका अनुसार नेपाल इन्भेष्टमेट बैंक लिमिटेड, भाटभटेनी सुपर मार्केट, निर्माण व्यवसायी कोष, राष्ट्रिय विमा संस्थान र एन. इ. वि. एल् (नर्भिक अस्पताल) ले एक एक करोड रुपैयाँ जम्मा गरेको पनि प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यलयका प्रवक्ता राजेन्द्र कुमार पोडेलले जानकारी दिनु भयो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button