तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो विश्व युद्ध लडेका १ सय ४ बर्षीय अमेरिकी बने कोरोनालाई पराजित गर्ने विश्वकै जेठा मानिस

काठमाडौं । कोरोना भाइरसको सन्त्रासले यतिबेला धेरैलाई गाँजेको छ । कोरोना भाइरसबारे कतिपय अफवाह र सत्यतालाई ठम्याउन नसक्दा तपाइलाई कता–कता आतंकित पनि बनाएको होला । तर, तपाई हामी कोरोनाको संक्रमणका खबर सुनेर आत्तिरहदा अमेरिकाका एकसय चार बर्षीय बिल लाप्सिजले कोरोना भाइरसलाई पराजित गरेर विश्वमै एक उदाहरण बनेका छन् ।

द स्ट्रेइट्स टाइम्सका अनुसार मार्च ५ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि लाप्सिजलाई ओरेगनस्थित उनकै निवासमा आइसोलेसनमा राखिएको थियो । तर संक्रमण देखिएको २५ दिनपछि उनी स्वस्थ्य भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

संक्रमणको क्रममा उनमा ज्वरो देखिएपनि अस्पतालमा राखेरै उपचार गर्नु नपरेको चकित्सको भनाई छ । यदी उनलाई अस्पतालमा राख्नुपर्ने अवस्था आएको भएपनि भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने स्थिति हुने थिएन भनी उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सन् १९१८ मा स्प्यानिस फ्लुले विश्वका पाँच करोड मानिसको ज्यान लिदा पनि लाप्सिज त्यसबाट जोगिएका थिए ।
उनले सन् १९४३ को विश्वयुद्ध अमेरिकी सेनाको रुपमा लडेका थिए । उनी एलिउनिअन आइल्यान्डमा खटिएका थिए । यसैबीच, लाप्सिजको परिवारले गत आइतबार उनको एक सय ४ औँ जन्मदिन मनाइदिएको छ ।

यसअघि इरानमा एक सय तीन बर्षीया महिला कोरोना भाइरसलाई पराजित गरेर निको भएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button