तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्कैकी महिला आइसोलेशनमा भर्ना, एम्बुलेन्सले बिरामी बोक्न मानेनन्

मेलम्ची । कोरोना भाइरस (कोभिड–१९)को लक्ष्यणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि बिदेशबाट फर्किएकी एक महिलालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

कोरोना भाइरसको लक्षण आशंकामा जिल्लाको लिसंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना गरिएको हो ।

सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ ।

एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म पुर्याउन सरकारी सवारी साधन नै प्रयोग गर्नु परेको थियो ।

स्थानीय स्वास्थ्य संस्थाबाट ज्वरोको औषधी खाँदा कम नभएपछि थप उपचारको लागि उनी आइतबार खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल आइपुगेकी थिइन ।

कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालका डा. राजकुमार दङ्गालले उनलाई आइसोलेसनमा रेफर गरेका थिए । अस्पतालले आइसोलेसनका लागि वार्ड छुट्याए पनि सञ्चालनमा आइसकेको छैन् ।

तीन शैया क्षमताको बाह्रविसेको आइसोलेसन भरिइसकेको थियो । त्यहाँ कोरोना आशंकामा तीन बिरामी उपचाररत छन् ।

जिल्ला बिपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोककमा सम्भावित कोरोना संक्रमित बोक्न २६ एम्बुलेन्स तयारी हालतमा रहेको दाबी गर्दै आएको थियो । सुरक्षा सावधानी अपनाउँदै सबै एम्बुलेन्समा पार्टेसन गरिएको र चालकलाई पीपिई सेट लगायत सुरक्षा सामाग्री दिइएको समेत समितिले बताउँदै आएको थियो ।

दिउँसो रेफर गरिएकी महिलालाई बोक्ने एम्बुलेन्स नभेटेपछि बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँलाई साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ आफ्नै सुविधाको सरकारी गाडी लिएर साँझ खाडीचौर जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button