‘उपत्यका बाहिर ७ स्थानमा कोरोना भाइरस परीक्षण शुरु’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिर ७ स्थानमा कोरोना भाइरस परीक्षण शुरु गरिएको जनाएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नमुना परीक्षणको दायरा बढाउदै आजदेखी चितवनमा परिक्षण शुरु भएको र भोली बुटललबाट पनि परीक्षण थालिने जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले हाल काठमाडौँमा १२ जना र काठमाडौँ बाहिर १ सय २ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयले भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण नमुना गर्दा नतिजा नेगेटिभ आएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले १ सय ४० जनालाई रेड जोनमा राखेर निगरानी थालिएको बताउनुभयो ।
प्रवक्ता डा. देवकोटाले हिजोको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय अनुसार कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा छिटो प्रविधिबाट संभावित व्यक्तिको परिक्षण गर्नु भनी दिएको निर्देशन कार्यान्वयन गर्न आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालययले मोवाइल एप्लीकेशन र कल सेन्टरबाट दर्ता भएका सुचनाको गलत विवरणका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै सत्यतथ्य विवरण पेश गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्