सर्वसाधारणका लागि चामल बिक्री खुला
वीरगञ्ज । लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आजदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ ।
पहिले नेपालभर रहेका कारागार तथा पहाडी जिल्लामा मात्र मागअनुसारको चामल पठाउने गरिएकामा आजदेखि सर्वसाधारणका लागि चामल बिक्री खुला गरिएको शाखा प्रमुख नरनाथ अधिकारीले बताउनुभयो ।
कार्यालयले अहिले सर्वसाधारणलाई जापानी चामल प्रतिकिलो ४७ तथा सोना मन्सुली चामल प्रतिकिलो ४६ मा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्