नेपाल छिर्न लागेका तीन भारतीयलाई एसएसबीको जिम्मा लगाईयो
बारा । भारतबाट खुला सिमा हुँदै लुकिछिपि नेपाल प्रवेश गर्न लागेका तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरि भारतीय सशस्त्र सिमा बल एसएसबीको जिम्मा लगाएको छ ।
बाराको कलैयास्थित मटिअर्वा क्षेत्रबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गर्दै गरेका उनिहरुलाई सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले पक्राउ गरि भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपती, सशस्त्र प्रहरी उपरिक्षक दिगबिजय सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्